५ माघ २०८१, शनिबार

युरो कपमा इङ्ल्यान्ड र नेदरल्याण्ड्स तथा फ्रान्स र स्पेनबीच सेमिफाइनल भिडन्त हुने

कोलोराडोखबर संवाददाता , July 7th, 2024

अमेरिका । जर्मनीमा जारी युरो कपमा इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको हो ।

निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । यता ८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो ।

यसैबीच, टर्कीविरुद्ध पुनरागमन जित निकाल नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २–१ को जित दर्ता गरेको हो ।

टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो । ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा शक्तिशाली हेडर प्रहार गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए । ७६औं मिनेटमा नेदरल्याण्ड्सले अग्रता लियो ।

डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सको पुनरागमन पुरा भयो । सोही गोल जितका लागि पर्याप्त गयो ।

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ । इङ्ल्यान्डले शनिबार राति स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो। अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्