१० मंसिर २०८१, सोमबार

बाल कविताः झरी पर्‍यो झरी

कोलोराडोखबर संवाददाता , July 6th, 2024

–रमेशचन्द्र घिमिरे–

दिक्कै लाग्दो गरी
झरी पर्‍यो झरी ।

बाहिर जान पाइनँ
चारा खोज्न भ्याइनँ
भन्दै रुन्छे चरी
झरी पर्‍यो झरी ।

चल्ला भोकै भए
गुँडमै रुझिरहे
लौ न कठै बरी
झरी पर्‍यो झरी ।

घाम लागोस् भन्छे
पानी भागोस् भन्छे
तर दिनैभरि
झरी पर्‍यो झरी ।

–भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्