नेपाल । नेपालमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा बिहीबारका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको थियो ।
यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सयमा बिक्री बितरण भयो ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ। बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्