५ माघ २०८१, शनिबार

कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पूरा, अन्तिम ८ मा कुन कुन पुगे ?

कोलोराडोखबर संवाददाता , July 4th, 2024

अमेरिका । कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

बुधबार भएको ग्रुप डी अन्तरगतका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बुधबारको खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो । अग्रता जोगाउन नसक्दा ब्राजिल समूह उपविजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि १२औँ मिनेटमा राफिनाले गोल गर्दै अग्रता लिएको थियो । तर पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै कोलम्बिया समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ भने ब्राजिल तीन खेलमा पाँच अंकका साथ अन्तिम आठमा पुग्यो ।

बुधबारकै अर्को खेलमा कोष्टारिकाले पारग्वेलाई २–१ ले पराजित गरे पनि दुवै टोली समूह चरणबाटै बाहिरिए ।

सेमिफाइनल प्रवेशका लागि कोलम्बियाले पनमाको सामना गर्दा उरुग्वेसँग ब्राजिलले खेल्नेछ । पहिलो क्वाटरफाइनलमा शुक्रबार बिहान अर्जेन्टिना र इक्वेडरसँग खेल्दा शनिबार भेनेजुएलाले क्यानडाको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्