११ आश्विन २०८१, शुक्रबार

सत्संगमा भागदौड मच्चिँदा १०० भन्दा बढीको मृत्यु

कोलोराडोखबर संवाददाता , July 3rd, 2024

नेपाल । भारतको उत्तर प्रदेशको हाथरसमा मंगलबार एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संग) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन् । घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो । नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो । सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्