३० चैत्र २०८१, शनिबार

पत्रकार कार्कीले पाए कतार च्याप्टरको ‘अनेसास शिखर पुरस्कार’

कोलोराडोखबर संवाददाता , November 27th, 2023

नेपाल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले यस वर्षको ‘अनेसास शिखर पुरस्कार’ पत्रकार होम कार्कीलाई प्रदान गर्ने भएको छ ।

नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रबाट कतारको साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै कार्कीलाई पुरस्कृत गर्ने निर्णय भएको अनेसास शिखर पुरस्कार समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बताउनु भयो ।

यो पुरस्कारको उद्देश्य प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगीतमा समर्पित एक उत्कृष्ट स्रस्टालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ । साहित्यकार स्वर्गीय शिखर वैद्यको सम्मानमा अनेसास कतार च्याप्टरले यो पुरस्कार स्थापना गरेको हो ।

मकवानपुर घर भएका कार्कीले सञ्चारमाध्यम मार्फत लामो समयदेखि प्रवासी कामदारहरको सुखदुःखका विषयवस्तु उठान गर्दै आउनु भएको छ । उहाँले ‘सनैया’ नामक पुस्तक पनि प्रकाशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्