अमेरिका । कोपा अमेरिका फुटबलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
अमेरिकाको मेटलाइफ स्टेडियममा शुक्रबार विहान भएको खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोल अन्तरले हराएको हो । उरुग्वेको जितमा फाकुन्डो पेलेस्ट्री, डार्विन नुनेज, म्याक्सिमिलनो आराउजो, फर्डिको भेल्भर्डे र रोड्रिगो बेन्टाकौरले गोल गरे ।
बोलिभियालाई अधिकांश समय दबाबमा राखेको उरुग्वेले खेलको ८औँ मिनेटमा अग्रता लिएको थियो । त्यसपछि २१औँ, ७७औँ, ८१ र ८९ मिनेटमा गोल गर्यो ।
ग्रुप सीमा रहेको उरुग्वे जितपछि ६ अंकका साथ तालिकाको शीर्षमा कायमै छ र क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस्