५ माघ २०८१, शनिबार

शनिबार भारत र दक्षिण अफ्रिकाबीच टी-२० विश्वकपको उपाधिका लागि भिडन्त हुँदै

कोलोराडोखबर संवाददाता , June 29th, 2024

अमेरिका । शनिबार राति भारत र दक्षिण अफ्रिकाबीच आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भिडन्त हुँदैछ ।

वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे फाइनल खेल हुनेछ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका पनि छ ।

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको अफगानिस्तानलाई हराउँदै फाइनले यात्रा तय गरेको हो । सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्