–रमेशचन्द्र घिमिरे–
विनितालाई डाकेर आऊ चन्द्रमा
हिलो खेल्न जाने हो असार पन्ध्रमा ।
ममताकी माइजूले बिउ काढेकी
अनिताकी आमाले मुठा पारेकी
सारी चोलो लाएर दिदी झरिछन्
हातमा रोपो लिएर निउरी परिछन् ।
गाग्री बोक्दा सुनिता साह्रै सुहाइन्
रोपारेलाई बोलाइन् पानी खुवाइन्
भोकाएछन् असाध्यै बाउसे हली दाइ
खाजा दिन पाए नि हुन्थ्यो सबैलाई ।
खुदो खट्टे, दही चिउरा खाई रमाइयो
खेत रोपी सकियो असार मनाइयो ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्