अमेरिका । कोपा अमेरिका कपमा आयोजक अमेरिका पानमासँग पराजित भएको छ । शुक्रबार बिहान भएको तनावपूर्ण खेलमा अमेरिका पनमासँग २–१ ले पराजित भएको हो ।
खेलको १७औँ मिनेटमा पनामाका खेलाडीलाई मैदानै हातले हानेका अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिए पछि अमेरिका १० खेलाडीमा सीमित बन्यो । त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो । तर ३ मिनेटमै पनामाले बराबरी गोल फर्कायो ।
खेलको ८२ औँ मिनेटमा पनामाका जोसे फाजार्डोले गोल गर्दै पनामालाई जित दिलाए । ८८औँ मिनेटमा पनामाका अलबर्ट्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा पनामा पनि १० खेलाडीमा सिमित बन्यो । तनाव पूर्ण खेलमा पाँच पहेलो र २ रेड कार्ड दिइएको थियो ।
हारपछि अमेरिकाको २ खेलमा ३ अंक भएको छ । क्वार्टरफाइनलमा प्रवेशका लागि अमेरिकाले उरुग्वेलाई पराजित गर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्