५ माघ २०८१, शनिबार

कोपा अमेरिका कपमा इक्वेडरद्वारा जमैका पराजीत, भेनेजुएला अन्तिम आठमा

कोलोराडोखबर संवाददाता , June 27th, 2024

अमेरिका । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा इक्वेडरले पहिलो जित हात पारेको छ ।

समूह बी अन्तर्गत लस भेगासको एलेनायन्ट स्टेडियममा बिहीबार बिहान भएको खेलमा इक्वेडरले जमैकालाई ३–१ ले पराजित गरेको हो ।

पहिलो खेलमा इक्वेडर भेनुजुएलासँग पराजित भएको थियो । पहिलो जितपछि इक्वेडरले दुई खेलबाट ३ अंक जोडेको छ ।

इक्वेडरलाई जित दिलाउन रे पाएज र एलान मिन्डाले एक–एक गोल गरे । जमैकाका कासे पाल्मरले एक आत्मघाती गोल उपहार दिएका थिए । मिचेल एन्टोनिओले जमैकाका लागि सान्त्वना गोल गरे ।

जमैकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा जमैका मेक्सिकोसँग पराजित भएको थियो ।

यता, भेनेजुएला कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सोफि स्टेडियममा बिहीबार बिहान भएको खेलमा मेक्सिकोलाई १–० ले हराउँदै भेनेजुएला अन्तिम आठमा प्रवेश गरेको हो ।

भेनेजुएलाको जितमा साल्मोन रोन्डोनले ५७औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिक्रिया दिनुहोस्