अमेरिका । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तान ८ रनले विजयी भएको हो। अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्यमएको बंगलादेशले ओभरमा अल आउट हुदै १०५ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले इङ्ल्याण्ड प्रतिद्वन्द्वी पाउँदा दक्षिण अफ्रिकासँग अफगानिस्तान भिड्ने छ ।
प्रतिक्रिया दिनुहोस्