नेपाल । सोमबार काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०८१–८२ का लागि काठमाडौँ महानगरपालिकाका लागि २५ अर्व ७० करोड ६३ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट पेस गर्नुभएको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा १५औँ अधिवेशनको तेस्रो वैठकमा उहाँले महानगरपालिकाका नीति तथा कार्यक्रमलाई साकार पार्न अनुमानित बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।
सभामा उपप्रमुख डंगोलले ‘बजेट तथा कार्यक्रम’ सहित ‘आर्थिक विधेयक २०८१’ र ‘विनियोजन विधेयक २०८१’ पनि पेश गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्