५ माघ २०८१, शनिबार

कोपा अमेरिका कपमा कोलम्बियाद्वारा पराग्वे पराजीत

कोलोराडोखबर संवाददाता , June 25th, 2024

अमेरिका । कोपा अमेरिकामा फुटबलमा कोलम्बियाले पराग्वेलाई २–१ गोलले पराजीत गरेको छ ।

अमेरिकाको एनएजी स्टेडियम होस्टोनमा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई पराजित गरेको हो ।

खेलको ३२औँ मिनेटमा कोलम्बियाका ड्यानियल मुनोजले गोल गर्दै अग्रता दिलाए। त्यसको १० मिनेटपछि कोलम्बियाका जेफर्सन लिर्माले अग्रतालाई दोब्बर बनाए।

पहिलो हाफमा २–० अग्रतामा रहेको कोलम्बियाले दोस्रो हाफमा भने गोल गर्न सकेन । खेलको ६९औँ मिनेटमा पारग्वेका जुलियो इन्सियोले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

प्रतिक्रिया दिनुहोस्