५ माघ २०८१, शनिबार

टी-ट्वेन्टी विश्वकपमा भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

कोलोराडोखबर संवाददाता , June 25th, 2024

अमेरिका । अष्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सोमबार राति भएको खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।

बलिङतर्फ भारतका अर्शदीप सिंहले ३, कुलदिप यादवले २ तथा जसप्रित बुमराह र अक्षर पटेलले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ९२, सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८, हार्दिक पाण्डेयले नटआउट २७ र रिषभ पन्तले १५ रन बनाए ।

भारतले अब सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ ।

यसैबीच आयोजक वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–ट्वेन्टी विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा दक्षिण अफ्रिका तीन विकेटले विजयी भयो ।

टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रनको लक्ष्य थिएको थियो । तर, वर्षाले खेल प्रभावित हुँदा तीन ओभर कम गरिएको हो । १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

ग्रुप–२ मा इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्