५ माघ २०८१, शनिबार

यूरो कपमा जर्मनी र स्वीडजरल्याण्ड बराबरी, स्कटल्याण्ड र बेल्जियम विजयी

कोलोराडोखबर संवाददाता , June 24th, 2024

अमेरिका । आयोजक जर्मनी समूह विजेता बन्दै यूरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा स्वीडजरल्याण्डसँग १–१ को बराबरी खेल्दै दुवै टोली प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

अर्को खेलमा हंगेरीसँग पराजित भएको स्कटल्यान्ड यूरोकपको समूह चरणबाटै बाहिरिएको छ । हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो ।

यसैगरी युरो २०२४ मा शनिबार राति भएको खेलमा बेल्जियमले रोमानियालाई पराजित गरेपछि समूह ई को नकआउट समीकरण रोमाञ्चक बनेको छ ।

कोलोनमा भएको खेलमा बेल्जियमले रोमानियालाई २–० ले हराउँदै पहिलो जित निकालेपछि समूह ई मा चारै टिमको समान ३ अंक छ ।

दुई खेलपछि बेल्जियम र रोमानियासहित युक्रेनको र स्लोभाकियाको समान ३ अंक छ ।

अब समूहको अन्तिम दुई खेलपछि मात्रै नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

गोलअन्तरका आधारमा रोमानिया पहिलो र बेल्जियम दोस्रो स्थानमा छ । यस्तै स्लोभाकिया तेस्रो र युक्रेन चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्