नेपाल । जर्मनीमा जारी युरो २०२४ अन्तर्गत शुक्रबार राति भएको समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३–१ ले पराजित गरेको छ । यस जितपछि दुई खेलबाट ३ अंक जोडेको अष्ट्रिया तेस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हारपछि पोल्याण्ड भने बाहिरिएको छ ।
त्यसैगरी युक्रेनले स्लोभाकियाललाई २–१ ले पराजीत गरेको छ । जर्मनीको डुसेलडोर्फमा शुक्रबार साँझ भएको खेलमा इभान स्रान्जले १७औं मिनेटमा गोल गर्दै स्लोभाकियलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा स्लोभाकियाले अग्रता कायम राखेपनि दोस्रो हाफमा त्यसलाई जोऊउन सकेन । युक्रेनले दोस्रो हाफमा पुनरागमन गर्दै दुई गोल गर्यो । माइकोला सापारेन्कोले ५४औं मिनेटमा युक्रेनका लागि बराबरी गोल फर्काए । त्यसपछि रोमन यारेमचुकले ८०औं मिनेटमा गोल गर्दै युक्रेनलाई २–१ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्