१० मंसिर २०८१, सोमबार

लघुकथाः निष्कर्ष

कोलोराडोखबर संवाददाता , June 22nd, 2024

–रमेशचन्द्र घिमिरे–
दाजुभाइको घरझगडा दिन प्रतिदिन चर्किंदै गयो । कुटाकुटको अवस्थासम्म आयो । ’अर्काको घरका दाजुभाइ लडेको पनि के हेर्नुरु’ भनेर जोरीपारीले खासै चासो दिएनन् ।

दाइको अन्याय सहन नसकेको बहाना अघि सार्दै न्यायको खोजीका लागि भाइले छिमेकी गुहार्‍यो । छिमेकीले मतलब राखेनन् ।

भाइको व्यवहारबाट आजित भएको बहाना बनाउँदै दाइले गाउँलेसमक्ष हारगुहार गर्‍यो । गाउँलेले वास्ता गरेनन् ।

दुवैको राजनैतिक पार्टी एउटै थियो । भाइले न्याय पाउने उपाय रच्दै बठ्याइँ खेल्यो र पार्टी परिवर्तनको घोषणा गर्‍यो ।

भोलिपल्ट दाजु र भाइका समर्थक पार्टीका नेताहरू झगडाबारे बुझ्न उनीहरूको घरमा प्रवेश गरे । दुवै पार्टीका नेताले आफ्नो समर्थकलाई पीडित र विपक्षीलाई पीडक ठहर्‍याउँदै दोषीमाथि कार्यवाही गरी पीडितले न्याय पाउनुपर्ने निष्कर्ष निकाले ।

-भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्