१२ आश्विन २०८१, शनिबार

खाली रहेको ११ देशको राजदूतमा एमाले, माओवादी र रास्वपाको भागबण्डा

कोलोराडोखबर संवाददाता , June 21st, 2024

नेपाल । सत्तारुढ प्रमुख तीन दलबीच राजदूतको भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवामा बिहीबार साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकले राजदूतको भागबण्डा टुंग्याएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच लामो छलफल भएको थियो । सो छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा सहमति जुटाएको हो ।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

सो स्थानमा पठाउने नयाँ राजदूतका लागि तीन दलबीच सहमति भएको हो । जसअनुसार एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत लिने गरी सहमति जुटाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्