नेपाल । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपको खेलेर नेपाली टिम स्वदेश फर्किएको छ । नेपाली टिमले दुई खेल अमेरिका र दुई खेल वेस्ट इण्डिजमा खेलेको थियो ।
नेपाली टिम दोस्रो चरणमा पुग्न नसकेपनि उत्कृष्ट प्रदर्शृन गरेको थियो ।
आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । दुई समूह मध्ये पहिलो समूह आज बिहान बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह आज बिहान १० बजे अवतरण हुनेछ ।
जारी विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग सानो अन्तरले पराजित हुँदा नेपालले टेस्ट टोलीलाई पराजित गर्ने अवसर गुमाएको थियो ।
अमेरिका लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल, नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
वेस्ट इन्डिज गएको नेपाल दक्षिण अफ्रिकासँग १ रन र बंगलादेश सँग २१ रनले पराजित भएको थियो ।
यस विश्वकपबाट विशेष अनुभव बटुलेको नेपाली टोली अब आईसीसी लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुने छ । लिग–२ मा नेपालको अर्को सिरिज सेप्टेम्बर हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्