नेपाल । साहित्यकार सरस्वती प्रतीक्षाको “स्व” उपन्यास विमोचन भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, लेखक सगुना शाह र सरस्वाती प्रतीक्षाले लोकार्पण गरेको थिए ।
सात बर्ष अघि प्रकाशित भएको उपन्यास नथिया प्रति पाठकहरुबाट राम्रो प्रतिक्रिया पाए पछि स्व उपन्यास लेखेको साहित्यकार प्रतिक्षाले बताइन । यस उपन्यासमा समाज, दर्शन र चिन्तन रहेको उनको भनाई छ ।
“स्व” उपन्यास लेख्नलाई साहित्यकार प्रतिक्षालाई सात बर्ष समयवधि लागेको थियो । मानिसका प्रयत्न खुशीको खोजी भएको र आफै भित्रको यात्राबाट मात्र पाउन सम्भव रहेको र उक्त यात्राको खोजका निम्ति स्व उपन्यास उपयुक्त रहेको वक्ता घनश्याम खडकाले बताए ।
लेखक सगुना शाहका अनुसार उपन्यासले बौद्ध दर्शन र त्यसको संवरणलाई उपन्यासको मुख्य पात्र सप्तम मार्फत उतारेको र यस उपन्यासले स्वयमको अस्तित्वलाई खोजेको बताइन् ।
साहित्यकार प्रतिक्षाको यो ‘नथिया पछिको दोस्रो उपन्यास हो । बुकहिल पब्लिकेशनले प्रकाशन गरेको यो उपन्यासको मूल्य ५९९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्