अमेरिका । जर्मनीमा जारी युरो कप २०२४ अन्तरगत शनिबार राति सम्पन्न खेलमा स्पेन, इटली र स्वीडजरल्याण्डले जीत निकालेका छन् ।
तीन पटकको विजेता स्पेनले समूह बीअन्तर्गत शनिबार राति भएको पहिलो खेलमा क्रोएसियालाई ३–० ले पराजित गरेको हो ।
बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्पेनले पहिलो हाफमै तीन गोल रेको थियो ।
कप्तान अल्भारो मोराटाले खेलको २९औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । ३२औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । ड्यानिए कार्भाहालले पहिलो हाफमा इन्जुरी टाइममा गोल गरेपछि स्पेनले ३–० को अग्रता बनायो ।
त्यसैगरी साविक विजेता इटलीले अल्वानियालाई २–१ ले हराएको छ ।
समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।
त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए ।
यता, हंगेरीलाई हराउँदै स्विजरल्याण्डले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । समूह ए अन्तर्गतको खेलमा हङ्गेरीलाई ३–१ गोलले पराजित गर्दै स्विजरल्याण्ड विजयी भएको हो ।
खेलको १२ औँ मिनेटमा क्वाडवो डुआले स्वीस टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४५ औं मिनेटमा मिकेल एबिस्चरले स्विस टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–० को अग्रता कायम गरेको स्वीस टोलिले ६५ औं मिनेटमा गोल खायो । हङ्गेरिको लागि बर्नबास भार्गाले गोल गर्दै खेलमा फर्कने प्रयास गरे । खेलको ९० औ मिनेटमा ब्रिल इमबोलोले गोल गर्दै स्वीस टोलीको जित सुरक्षित गरे ।
प्रतिक्रिया दिनुहोस्