अमेरिका । नेपाल टी २० विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनको पराजीत भएको छ ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । क्रिजमा गुल्शन झा थिए । तेस्रो बलमा गुल्शनले चौका हान्दै जितको आशा जगाएका थिए । चौंथो, बलमा थप दुई रन जोडेपछि नेपाल जितको नजिक देखियो । अन्तिम दुई बलमा नेपाललाई दुई रन मात्र चाहिएको थियो । तर, गुल्शन दुवै बलमा चुके ।
११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए ।
अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए । दीपेन्द्र ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।
वेस्ट इण्डिजको सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।
यो हारसँगै नेपाल सुपर ८ को दौडबाट बाहिरिएको छ । नेपालले बंगलादेशविरुद्धको अन्तिम म्याच खेल्ने छ ।
पाकिस्तानलाई पछि पार्दै अमेरिका सुपर–८ मा
यसैबीच, घरेलु टोली अमेरिका आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ । शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल फ्लोरिडामा वर्षाको कारण हुन नसकेपछि १–१ अंक बाँडेका हुन् । समूह ए बाट अमेरिका ४ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ रह्यो । भारत ३ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्