–लक्ष्मण आचार्य–
कहिलेकाहीँ जिन्दगी नि यति मिठास भइदिन्छ ।
भोकभोकै बाँच्दा पनि कुनै उपवास भइदिन्छ ।
दुःख पोख्न दुनियाँ सामु आशु झार्नु बेकार छ
तिम्रो दिलको आर्तनाद यहाँ उपहास भइदिन्छ ।
मन पराई कसैलाई दिलभित्र राखेको थिएँ
के थाहा उहीँ मान्छे अरूको नै खास भइदिन्छ ।
खोज्ने गर्छन् सबै यहाँ सुख अनि खुसियाली
घेर्दा दुःखले सपनाको उठिवास भइदिन्छ ।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्