४ माघ २०८१, शुक्रबार

आईसीसी टी-२० विश्वकपमा बंगलादेश र इंग्ल्याण्ड विजयी

कोलोराडोखबर संवाददाता , June 14th, 2024

अमेरिका । आईसीसी टी-२० विश्वकपमा बंगलादेश र इंग्ल्याण्ड विजयी भएका छन् ।

बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्गलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

सेन्ट भिन्सेन्टमा पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो।

उसका शाकिब अल हसनले सर्वाधिक ६४ रन बनाए। नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए।

यसैगरी इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको छ । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा ४७ रन मात्र बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्