१२ आश्विन २०८१, शनिबार

कुवेतको आवासगृहमा भएको आगलागीको घटनामा ४९ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , June 13th, 2024

नेपाल । कुवेत दक्षिणी सहर मङ्गाफस्थित आप्रवासी कामदारहरूलाई राखिएको एउटा आवासगृहमा भएको आगलागीको घटनामा परेर हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ।

उक्त आवासगृहमा रहेका मानिसहरूमा प्रायः सबैजसो आप्रवासी कामदार थिए । स्थानीय सञ्चारमाध्यमहरूले उक्त भवनमा क्षमताभन्दा बढी मानिसहरू बसिरहेका थिए भन्ने विवरण सार्वजनिक गरिरहेका छन् ।

उक्त आगलागीको कारण के थियो भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।

उक्त घटनामा केही नेपाली कामदार पनि घाइते भएका खबरहरु सार्वजनिक भएका छन् । उक्त आवासगृहमा कुल पाँचजना नेपाली बस्दै आएका पुष्टि भएको छ ।

हाल कुवेतमा एक लाख सात हजार जना नेपाली आधिकारिक रूपमा रहेको विवरण छ । –बीबीसी नेपाली सेवाको अनलाइनबाट साभार ।

प्रतिक्रिया दिनुहोस्