नेपाल (हेटौंडा) । युवाहरुलाई स्वरोजगार बनाउन हेटौंडा उपमहानगर पालिकाले आयोजना गरेको एक महिने कफि मेकर (बारिष्टा) तालिम समापन भएको छ ।
युवाहरूलाई लक्षित गरि हेटौंडामा भएको तालीम ५० जनाले पूरा गरेको मेघा ईन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट का संचालक तथा कार्यक्रमका सभाध्यक्ष बिवेक दाहालले जानकारी दिए ।
तालिम पूरा गर्ने युवाहरूलाई कार्यक्रमकि प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले प्रमाणपत्र प्रदान गर्नुभएको थियोे । मेयर लामाले सीप सिकेकाहरु जहाँ गए पनि काम गरेर खान सक्छन् । स्वदेशमा पनि राम्रो आयआर्जन गर्न सक्छन् भन्दै युवाहरूलाई हौसला प्रदान गर्नुभएको थियोे ।
कार्यक्रममा हेउमनपाका उद्योग तथा सहकारी महासाखा प्रमुख हिमप्रसाद पौडेल, आर्थिक बिकास महासाखा प्रमुख राजेस्वरी साही , हेटौंडा उपमहानगर पालिका ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देल , मेयर मिनाकुमारी लामाका प्रेस सल्लाहकार राजन दाहाल लगायतकाको आतिथ्यता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्