४ माघ २०८१, शुक्रबार

फिफा विश्वकप २०२६ को एसियाली छनोट खेलमा नेपाल-यमनबीचको खेल २-२ को बराबरी

कोलोराडोखबर संवाददाता , June 12th, 2024

नेपाल । नेपाल फिफा विश्वकप २०२६ को एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ ।

नेपालले साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा यमनविरुद्ध २–२ को बराबरी खेल्दै पहिलो अंक जोडेको हो ।

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे । नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो ।

त्यसपछि नेपालले खेलको २३औं मिनेटमा सञ्जीवले बराबरी गोल फर्काए । ​ ६६औं मिनेटमा नेपालले खेलमा अग्रता लिया। छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल–दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो ।

नेपालले यस खेल अघिका पाँचखेलमा कुनै पनि गोल नगर्दा १८ गोल खान पुगेको थियो । नेपाल रहेको समूह ‘एच’ मा युएईले १६ अंकसहित पहिलो र बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

५ अंकसहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्