१० मंसिर २०८१, सोमबार

अनेसासको निर्वाचनका लागि पहिलो चरणको मतदाता नामावली सार्वजनिक

कोलोराडोखबर संवाददाता , June 11th, 2024

अमेरिका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको सन् २०२४ जुलाई ६ र ७ गते हुन गइरहेको निर्वाचनका लागि पहिलो चरणको मतदाता नामावली सार्वजनिक गरिएको छ ।

अनेसासले उक्त नामावली inls.org मा सार्वजनिक गरेको हो । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाका अनुसार यो पहिलो चरणको नामावली हो र पछि पुनः संशोधनसहित प्रकाशन हुनेछ ।

नामावलीमा छुटफुट भएका आजीवन सदस्यहरूको नाम केन्द्रीय कार्यसमितिले अद्यावधिक गरी जून १३, २०२४ सम्म पुनः प्रकाशन गर्ने योजना रहेको पनि बताइएको छ ।

मतदाता नामावली तलको लिंकमा क्लिक गरी हेर्न सकिने छ:

http://inls.org/member/lifetime_members

अनेसासको केन्द्रीय समिति चयन गर्न निर्वाचन समिति गठन

अनेसासको निर्वाचन तालिका सार्वजनिकः उम्मेदवारी दर्ता र मतदान कहिले ?

 

 

प्रतिक्रिया दिनुहोस्