१० मंसिर २०८१, सोमबार

११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति १९ खर्ब ४२ अर्ब

कोलोराडोखबर संवाददाता , June 11th, 2024

नेपाल । चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ जना पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

विदेशी मुद्रा सञ्चिति गत वैशाखसम्म १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेपछि नयाँ कीर्तिमान बनेको छ ।

प्रतिक्रिया दिनुहोस्