नेपाल । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन संचालक समितिका अध्यक्षसहित नौ जना सञ्चालक पक्राउ परेका छन् ।
दुई अर्ब ३० करोड ८१ लाख बदमासीमा बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष राजेशकुमार श्रेष्ठ समेतको संलग्नता देखिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सोमबार उनीसहित नौ जना सञ्चालकलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैंकका सञ्चालक समिति सदस्य सुनिलकुमार न्यौपाने, प्राडा गिता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र बैंकका कर्मचारी शिबगोपाल रिसाल रहेका छन् ।
उच्च अदालत पाटनबाट पक्राउ अनुमति समेत लिएर नियन्त्रणमा लिई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नक्कली लेखा परिक्षण समेत बनाई नक्कली कागजात समेतको आडमा गैरकानूनी रुपमा आ–आफ्नो जिम्मेवारी अनुसारको फरक फरक भूमिका निर्वाह गरी विभिन्न शीर्षकमा धितोले खाम्ने भन्दा अत्याधिक बढी रकम जम्मा दुई अर्ब ३० करोड ८१ लाख प्रवाह गरेका थिए ।
बैकिङ कसूरमा संलग्न तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सिईओ मनौज न्यौपाने समेतलाई गत फागुन १४ गते बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्