नेपाल । सीजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टोली तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । नेपालले सन् २०२७ को आईसीसी यू–१९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ ।
सोही विश्वकपलाई मध्यनजर गरी सीजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको लिमिटेडले जनाएको छ ।
पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको हो ।
पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस्