४ माघ २०८१, शुक्रबार

टी-२० विश्वकपमा दक्षिण अफ्रिकाद्वारा बंगलादेश ४ रनले पराजीत

कोलोराडोखबर संवाददाता , June 11th, 2024

अमेरिका । दक्षिण अफ्रिकाले टी–ट्वान्टी विश्वकप २०२४ मा सोमबार बंगलादेशमाथि चार रनको जित निकालेको छ । जितसँगै दक्षिण अफ्रिका सुपर–एट चरणको नजिक पुगेको छ ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले छ विकेटमा १ सय १३ रन मात्र बनाउन सकेको थियो । कमजोर सुरुआत लिएको दक्षिण अफ्रिकाका लागि ‘प्लेयर अफ द म्याच’ क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

जवाफमा बंगलादेशले सात विकेटमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

यो नतिजापछि दक्षिण अफ्रिकाको तीन खेलबाट छ अंक भएको छ । बंगलादेश भने दुई अंकमै सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्