७ मंसिर २०८१, शुक्रबार

कोलोराडो निवासी नेपाली गीतसंगीतप्रेमी माझ लोकप्रिय गायक कृष्ण काफ्लेको सांगीतिक साँझ

कोलोराडोखबर संवाददाता , June 10th, 2024

कोलोराडो । अमेरिकाको कोलोराडोमा लोकप्रिय गायक कृष्ण काफ्लेले आफ्ना चर्चित गीत संगीत प्रस्तुत गरेका छन् ।

गायक काफ्लेको अमेरिका भ्रमणका अवसरमा कोलोराडो निवासी नेपाली गीतसंगीत प्रेमीहरुमाझ ८ जून शनिबारका दिन सांगीतिक साँझ कार्यक्रम भएको हो ।

कोलोराडो निवासी समाजसेवी, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको संयोजनमा बाजेको सेकुवा कोलोराडोमा सम्पन्न सांगीतिक साँझमा नेपाली गीतसंगीतप्रेमी १२० जनाको सहभागिता रहेको थियो ।

नेपाली गायन क्ष्रेत्रमा आफुलाई पार्स्व गायकको रुपमा अब्बल साबित गर्न सफल हुनुका साथै नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सक्नुभएका कृष्ण काफ्लेले २०६४ सालबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेर अहिलेसम्म ५०० भन्दा बढी लोकप्रिय र चर्चित गीतहरु गाएर गीतसंगीत क्षेत्रको लागि महत्वपूर्ण योग्दान दिईसक्नु भएको छ ।

देश तथा बिदेशमा रहेका नेपालीहरू माझ सकारात्मक् सन्देश बाँड्दै नेपाली भाषा, कला–संस्कृतिको प्रवर्द्धन गर्नु भएकोमा गायक काफ्ले बि.स. २०७८– ०१–०१ का दिन नेपाल सरकारबाट जनसेवाश्री पञ्चम पदकद्वारा विभूषित हुनुभएको थियो ।

गायक काफ्ले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सबाट पनि पार्श्व गायकको रूपमा सम्मानित हुनुभएको छ । यसपटकको अमेरिका यात्राका क्रममा गायक काफ्लेलाई न्युयोर्कका पनि सम्मान गरिएको छ ।

गायक कृष्ण काफ्लेले गायनको १५ बर्षको अवधिमा थुप्रै अवार्ड तथा सम्मानहरू प्राप्त गर्नुभएको छ ।

गायक काफ्लेका लोकप्रिय गीतसंगीत:

१. पर्ख पर्ख मायालु, ( फिल्म : मंगलम )

२. देखन चम्पा सुनन् चम्पा ( फिल्म : छक्का पञ्जा )

३. तिम्रो पिक्चर हिट ( फिल्म : किस्मत २ )

४. मैले बोलेको छैन ढाँटेर

५. सके हसाँउछु नसके तिमिलाई रून दिन्न

६. हाने मैले झटारो ( फिल्म : मारूनी )

७. चोलीको तुना

८. चाखुम चाखुम ………..

उहाँले पाउनु भएका केही अवार्डहरू:

-बेस्ट पप सिंगर अफ द ईयर (२०१५)

-बेस्ट प्ले ब्याक सिंगर अफ द ईयर (२०१७)

-नेशनल रापती म्युजिक अवार्ड – देखन चम्पा

-डि सिने अवार्ड – देखन चम्फा

-बेस्ट प्ले ब्याक सिंगर अफ द ईयर (२०१८)

-१४ औं यामाहा कालिका एफएम म्युजिक अवार्ड – पर्ख पर्ख मायालु

-बेस्ट पप सिंगर ( मेल ) अफ द ईयर (२०१९)

-बेस्ट प्लेब्याक सिंगर( मेल ) अफ द ईयर (२०२२)

-डि सिने अवार्ड – हाने मैले झटारो

प्रतिक्रिया दिनुहोस्