१२ आश्विन २०८१, शनिबार

नयाँदिल्लीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

कोलोराडोखबर संवाददाता , June 10th, 2024

नेपाल । आइतबार बेलुका भारतको राजधानी नयाँदिल्लीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले मोदीलाई तेस्रो कार्यकालका लागि बधाइ दिँदै नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा दुइ देशका प्रधामन्त्रीबीच नेपाल–भारतबीच आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । उनीहरूले विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा समेत छलफल गरे ।

प्रधानमन्त्री सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्