नेपाल । अमेरिकी दूतावासले भिसा नदिएका कारण अमेरिमा भएको खेल खेल्नबाट बञ्चित भएका क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपको वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।
यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा सम्पन्न टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो । उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका छन् ।
प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानको भनाई छ ।
आइसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको छ ।
आम नेपालीको हौसला र प्रार्थनाकाबीच टी-२० विश्वकपको पहिलो खेलमा नेपाल पराजित
प्रतिक्रिया दिनुहोस्