अमेरिका । आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित भएको छ । क्यानडाले दिएको १३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १२५ रनमै समेटिउको हो ।
यसअघि न्यु योर्कमा पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । समूह एमा अमेरिका ४ अंकका साथ पहिलो स्थानमा छ भने भारत र क्यानडा दुई–दुई अंक जोड्दै तेस्रो र चौथो स्थानमा छन् ।
यता, अफगानिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डमाथि ८४ रनको सानदार जित हात पारेको छ ।
१६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भयो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।
समूह सी मा अफगानिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई हराएको थियो । वेष्टइण्डिज १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । युगान्डा २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । पपुवा न्युगिनी चौथो र न्युजिल्यान्ड पुछारमा छन् ।
प्रतिक्रिया दिनुहोस्