–एसके ज्ञवाली–
😑
नपत्याउने सत्यको विकल्पमा
झुट बोल्नुको मजा नै बेग्लै छ
जस्तो किः
मेरो देश सुन्दर शान्त विशाल
जस्तो किः
समृद्ध नेपाल सुखी नेपाली
जस्तो किः
जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी
🤣🤣
बोलेर के गर्नु
कस्ले पत्याउछ सत्य ?
जस्तो किः
मेरो देश
दाउरा बेचेर कोइला किन्छ
पानी बेचेर बिजुली किन्छ
धान बेचेर चामल किन्छ
पोथी बेचेर अन्डा किन्छ
शिलाजित बेचेर सिटामोल किन्छ
बाटो बेचेर ट्याक्टर किन्छ
गिता बेचेर बाईबल किन्छ
आमा बेचेर सन्तान किन्छ
🤗🤗🤗
जहाँ
राष्ट्रियता बेचेर सत्ता किनिन्छ
सत्य बोलेर कसले पत्याउछ ?
यसैले
नपत्याउने सत्यको विकल्पमा
झुट बोल्नुको मजा नै बेग्लै छ
जस्तो किः
मेरो देश सुन्दर शान्त बिशाल ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्