१० बैशाख २०८२, बुधबार

सहकारी ठगीको छानबीन गर्न बनेको संसदीय छानबिन विशेष समितिले काम थाल्यो

कोलोराडोखबर संवाददाता , June 6th, 2024

नेपाल । सहकारी संस्थाको बचत हिनामिना सम्बन्धी छानबीन गर्न बनेको संसदीय छानबिन विशेष समितिले बुधबारदेखि औपचारिक रूपमा काम सुरू गरेको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समितिले काम थालेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको छ ।

संयोजक सूर्य थापाका अनुसार सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने उनले बताए ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्