१२ आश्विन २०८१, शनिबार

भारतमा मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै, शनिबार सपथ लिने

कोलोराडोखबर संवाददाता , June 6th, 2024

नेपाल । भारतमा सम्पन्न लोकसभा निर्वाचनको सबै परिणाम आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

बुधबार प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)को बैठकले मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

यसपटकको लोकसभा निर्वाचनमा पनि एनडिए गठनबन्धनले नै बहुमत ल्याएको छ ।

भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले २४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्