१२ आश्विन २०८१, शनिबार

भारतमा तेस्रो पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्दै

कोलोराडोखबर संवाददाता , June 5th, 2024

नेपाल । भारतमा लोकसभाको सम्पूर्ण परिणाम आउँदा भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४० सिटमा जित हासिल गरेको छ। ​

पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)लाई बहुमत प्राप्त भएको छ । यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ ।

एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ। काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले आठ सिटमा जित हासलि गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जिते । कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाले ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्