नेपाल (हेटौंडा) । मकवानपुरको मनहरी गाउँपालिकाले निर्माण गरेको ३ वटा पक्कि पुल जेठ २६ गते उद्घाटन हुने भएको छ । आईतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन गर्ने मिति तय गरेको हो ।
पुल उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा मकवानपुर क्षेत्र नं २(ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद ईन्द्र बानियाँ आउने तय भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो ।
मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७–७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोँड ४० लाख ६५ हजार लागतमा वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको हो ।
हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुल २६ गते उद्घाटन गरीने अध्यक्ष कालाखेतीको भनाई छ ।
साथै अन्य दुईवटा पुलको निर्माण कार्य मंसिरसम्म सम्पन्न भइसक्ने उहाँको भनाई छ । ठाडोखोला पुल निर्माण कार्य ८५ प्रतिशत र हाँडिखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको छ, उहाँले भन्नुभयो–यहि मंसिरसम्म सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्