१० मंसिर २०८१, सोमबार

अनेसासको निर्वाचन तालिका सार्वजनिकः उम्मेदवारी दर्ता र मतदान कहिले ?

कोलोराडोखबर संवाददाता , June 4th, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

यसअघि नै गठित गुणराज लुईटेल संयोजक रहेको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार जून २२ शनिवारदेखि जून २४ सोमबारसम्म उम्मेद्वारी दर्ता र मतदान ६ जुलाई १२ बजेदेखि ७ जुलाई राति ११ः ५९ सम्म तोकिएको छ ।

विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन सदस्य रहेका छन् । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्द्धन पूजाले बताए ।

निर्वाचनले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

अनेसासको केन्द्रीय समिति चयन गर्न निर्वाचन समिति गठन

निर्वाचनको कार्यतालिकाः

  • मतदाता सूची प्रकाशन: जून ५, २०२४ सोमबार
  • अन्तिम मतदातासूची प्रकाशन जून ६, २०२४ मंगलबार
  • उम्मेदवारी दर्ता: जून २२ शनिवारदेखि जून २४, २०२४ सोमबारसम्म
  • उम्मेद्वारी फिर्ता लिनसक्ने: जून २६, २०२४ बुधबार
  • अन्तिम उम्मेद्वारहरुको नामावली प्रकाशन: जून २८, २०२४ शुक्रबार
  • चुनावी अभियान र प्रचारप्रसार: जून २८ शुक्रबारदेखि जूलाई ३, २०२४ बुधबारसम्म
  • चुनावी मौन अवधि: जुलाई ४ देखि जुलाई ४ राति १२ बजेदेखि जूलाई ५ राति ११ः ५९ बजेसम्म
  • मतदान समयः जुलाई ६, १२ बजे देखि जुलाई ७ राति ११ः ५९ सम्म
  • चुनावी नतिजा घोषणा: जुलाई ८, २०२४ सोमबार

प्रतिक्रिया दिनुहोस्