८ मंसिर २०८१, शनिबार

कोलोराडोको अरोरामा यसरी शुरु भयो नेपाली भाषा पाठशाला

कोलोराडोखबर संवाददाता , June 3rd, 2024

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो राज्यको अरोरामा जुन १ शनिबारदेखि नेपाली भाषा पाठशाला सञ्चालनमा आएको छ ।

अरोराको पाठशाला साना भाइ लहन शाक्यले रिवन काटेर औपचारिक रूपमा समुद्घाटन गरेका हुन् । स–साना नानीहरूको ग्रीष्मकालीन छुट्टीमा नेपाली मातृभाषा सिकाउने ध्येयले नेपाली भाषा पाठशालालाई निरन्तरता दिंदै आएको व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य राजु खनालले बताएका छन् ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारीले यस वर्ष स्कूल सञ्चालनमा सहयोगी नियमित तथा अतिथि शिक्षकशिक्षिकाहरू एवम् स्वयम् सेवक–सेविकाहरूको परिचय गराएका थिए । अनेसासले गत वर्षदेखि यो स्कूल चलाउन सघाउँदै आएको छ भने उत्तरी क्षेत्रका लागि दिदीबहिनी समूह लगायत अन्य सामाजिक संस्थाहरूको सहयोगमा नेपाली घरमा विगत ३ वर्षदेखि नेपाली भाषा सञ्चालन गरिंदै आएको छ ।

अरोरा पाठशालाको शुरू दिनमा उद्घाटनसँगै विद्यार्थी भर्ना, सामान्य एसिसमेन्ट टेस्ट र विद्यार्थीलाई पाठ्य सामग्री सहितको फोल्डर वितरण गरिएको थियो । आज नेपाली भाषा पाठशाला अरोरामा जम्मा ३५ जना बालबालिकाको भर्ना गरियो भने थप दश जना अर्को हप्ताबाट जोडिने स्कूल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य राजेन्द्र सिग्देलले बताएका छन् ।

अमेरिकाको कोलोराडोमा शुरु भयो नेपाली भाषा पाठशाला (फोटो फिचरसहित)

कोलोराडोमा बालबालिकालाई भाषा सिकाउँदै ‘नेपाली भाषा पाठशाला’

 

प्रतिक्रिया दिनुहोस्