१० मंसिर २०८१, सोमबार

संसद बैठकमा जेठ १५ गते सार्वजनिक आगामी वर्षको बजेटमाथि छलफल हुँदै

कोलोराडोखबर संवाददाता , June 2nd, 2024

नेपाल । संघीय संसद अन्तर्गत आइतबार बस्ने दुबै सदनको बैठकमा गत जेठ १५ गते सार्वजनिक भएको आगामी वर्षको बजेटमाथि छलफल हुँदैछ ।

संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ।

आजै दिउँसो सवा १ बजे सुरु हुने राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । यसका अलावा राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालनका अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेद सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्