९ मंसिर २०८१, आईतवार

कविताः मरेकाहरू र बाँचेकाहरू

कोलोराडोखबर संवाददाता , June 1st, 2024

–आर.आर. चौलागाईं–
***
कोही बाँचेर पनि मरेका हुन्छन्
अनि कोही मरेर पनि बाँचेका हुन्छन्
पराईको लागि बाँच्नेहरू
बाँचेर पनि मरेका हुन्छन्
तर देशको लागि मर्नेहरू
मरेर पनि बाँचेका हुन्छन् ।
***
–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्