३ माघ २०८१, बिहीबार

नेपाल सरकारले पहल गर्दा पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा

कोलोराडोखबर संवाददाता , May 31st, 2024

नेपाल । बालिका बतात्कारको मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा दिन अस्वीकार गरेको छ ।

जेठ ९ गते पहिलोपटक भिसा अस्विकृत भएपछि जेठ १७ गते बिहीबार दोस्रोपटक सन्दीपले अन्तर्वार्ता दिएका थिए । तर, दोस्रो पटक पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सन्दीपलाई टी–२० विश्वकम खेलाउन अमेरिका पठाउन कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा नदिएको क्यानका महासचिव पारस खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्