९ मंसिर २०८१, आईतवार

आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा संसदमा पेश

कोलोराडोखबर संवाददाता , May 27th, 2024

नेपाल । आइतबार नेपाली कांग्रेसको नाराबाजीबीच संसदमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०-८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८१ पेस गरेका हुन् ।

सभामुख देवराज घिमिरेले अर्थमन्त्री पुनलाई रोस्ट्रममा आउन समय दिएपछि कांग्रेस सांसदहरूले रोकेका थिए । त्यसपछि सभामुखले अर्थमन्त्रीलाई रोस्ट्रममा आउने व्यवस्था मिलाउन सांसदहरूलाई आग्रह गरेका थिए ।

अर्थमन्त्रीको बाटो छेकिरहेका कांग्रेस सांसदहरूलाई सत्तारुढ एमाले, माओवादी र रास्वपाका सांसदहरूले धकेलेर बाटो खाली गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्