नेपाल । आइतबार सरकारको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा र अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा १ घण्टा छलफलका लागि तोकिएको थियो । नीति तथा कार्यक्रममाथि नेमकिपाका प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीले मात्रै संशोधन दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्