नेपाल । सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध आइतबारदेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सडक आन्दोलन शुरु गरेको छ ।
आइतबार पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको हो । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
कांग्रेसको गत बुधबार बसेको केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले फागुनदेखि संसदमासमेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्